— Explore
FAQs
HappyMe is a thoughtfully crafted art therapy rooted in spirituality and healing. This immersive day-long group course invites us to explore our behavior, temperament, strengths, weaknesses, and the many layers of our personality, guiding us toward our higher self.
ह्याप्पीमीले हाम्रो मन–मस्तिष्क, दृष्टिकोण, सोच र स्वभावसँग गहिरो सम्बन्ध राख्छ। चित्रहरू, रङहरू र केही चाखलाग्दा प्रश्नहरूको माध्यमबाट यसले हामीलाई आन्तरिक यात्रातर्फ डोर्याउँछ। एक दिवसीय वा करिब छ घण्टाको यस कोर्सले हामीभित्रका सुसुप्त उल्झन र अवरोधहरू फुकाउँदै हामीलाई पहिलेभन्दा सुल्झिएको, सचेत र सुन्दर व्यक्तित्वको रूपमा रूपान्तरण गर्छ। जसले जीवनलाई नयाँ दृष्टि र गहिरो अर्थसहित अघि बढाउँछ।
There are several therapies available that offer relief, and each has its own value. But HappyMe is not limited to temporary comfort. Handy but profound – HappyMe engages the inner self, guiding us toward inner clarity, purity and ease in life.
We humans carry immense potential, yet in today’s extremely chaotic and indulgent times, our infinite energy often turns against us, creating negativity and pain. In such circumstances, many live disconnected or numb lives, while only a few are able to cultivate inner steadiness and live a truly meaningful, successful life. HappyMe is offered through simple yet powerful practices, with the intention of helping us live our own lives consciously – genuinely simple, joyful and fulfilling.
HappyMe किन?
हामीलाई राहत दिन थुप्रै विधिहरू उपलब्ध छन्, र ती आफ्नै ठाउँमा उपयोगी पनि छन्। तर ह्याप्पीमी केवल क्षणिक सहजतामा सीमित छैन। यसले अन्तःकरणसँग सरोकार राख्दै आन्तरिक शुद्धता, स्पष्टता र सहजताका साथ जीवनलाई हलुंगोपनतर्फ डोर्याउँछ।
मानव चोलामा रहेका हामी अपार क्षमता बोकेका छौँ। तर आजको अत्यन्त अस्तव्यस्त र विलासी समयले हाम्रो असीम ऊर्जालाई आफैप्रति नै नकारात्मक र पीडादायी बनाइदिने चुनौती उस्तै तीव्र छ। यस्तो अवस्थामा आफूलाई बिर्सेर वा बेहोसी जीवन बिताउनेहरू एकातिर छन् भने भित्री स्थिरता र अर्थपूर्ण रूपमा सफल जीवन जिउन सक्नेहरू अत्यन्त थोरै देखिन्छन्।
हामी आफ्नै जीवनप्रति न्याय गर्दै साँच्चिकै सरल र आनन्दमय जीवन बाँच्न सकौँ भन्ने उद्देश्यले सरल तर प्रभावकारी अभ्यासमार्फत ह्याप्पीमी प्रस्तुत गरिएको हो। 🌿
Categories and Duration
This day-long (six-hour) course is available for all ages and offered in three categories: adults, youths, and children aged eight and above. Each session, held in a quiet hall, accommodates about 10–35 participants, normally.
For individual learning or counseling, a special 3–5 day program is available. We also support and guide those interested in pursuing a path in spirituality and healing.
श्रेणी र समय अवधि
यो एक दिवसीय (छ घण्टाको) कोर्स सबै उमेरका लागि उपलब्ध छ र तीन श्रेणीमा प्रस्तुत गरिएको छ: वयस्क, युवा, र आठ वर्ष माथिका बालबालिका। प्रत्येक सत्र शान्त हलमा करीब १०–३५ सहभागीका लागि सञ्चालन हुन्छ।
व्यक्तिगत रूपमा लिन चाहनेहरूका लागि विशेष ३–५ दिनको कार्यक्रम उपलब्ध छ। आध्यात्मिकता र उपचारको मार्गमा अघि बढ्न इच्छुक व्यक्तिहरूलाई पनि हामी समर्थन र मार्गदर्शन गर्छौं।
Yes and No. For offices, corporates, banks, colleges, and universities, the minimum charge is Rs 30,000. Groups where individuals can join pay Rs 1100 per person.
Financially struggling youths and organizations, can request for free or discounted participation for their staff. Contributions from well-off members of society -through colors, stationery, other tools, or financial support – are encouraged to help us expand HappyMe to towns and villages.
यस कोर्सको शुल्क कति छ?
आर्थिक रूपमा कमजोर युवा वा कम अवसर प्राप्त समूह र संस्थाहरूले आफ्ना कर्मचारी वा सदस्यहरूको लागि केहि छुट वा निःशुल्क सहभागिता माग गर्न सक्नुहुन्छ। साथै, सक्षम र सहयोगी व्यक्तिहरू, संघ-संस्थाहरूले रंग, अन्य सामग्री वा वित्तीय सहयोगका माध्यमबाट सत्रहरू प्रायोजन गर्न सक्नुहुन्छ . हामी चाहन्छौँ कि HappyMe विकट र ग्रामीण क्षेत्रमा पनि पुगोस।
अफिस, कर्पोरेट, बैंक, कलेज र विश्वविद्यालयका लागि न्युनतम रु ३०,००० निर्धारण गरिएको छ। विभिन्न समुहमा व्यक्तिगत रुपमा जोडिएर कोर्स लिन चाहनेका लागी रु ११०० ।
It was designed by a group of spiritual seekers passionate about spreading joy, human connections and uplifting humanity as a whole. We believe the world needs less judgment, bias, and negativity -and more kindness, enthusiasm, and serenity. Our dream is to nurture pure-hearted, intelligent souls who bring justice and abundance to all.
यो कोर्स कसले र किन डिजाइन गर्यो? हामी यसलाई एक “समिश्रण” भन्न रुचाउँछौं -अध्यात्म र मानव समाजमा गहिरो रुचि राख्ने एक अध्ययनशील समूहले यसलाई तयार पारेर प्रयोगमा ल्याएको हो। यहाँ ‘समिश्रण’ भन्नाले विपश्यनाजस्ता ध्यान विधि, मानव उन्नतिको वास्तविक आधारहरु, आध्यात्मिक गुरुहरूसँगका गहन संवाद, सामान्यदेखि विशिष्ट मानवीय अनुभवको सार, र आर्ट थेरापीको संयोजनलाई जनाउँछ।
Journey so far?
Our formal journey began in mid 2025, although we had been offering healing classes for some time prior. People of all age groups and from all walks of life have – individuals and groups have received our sessions to a great response.
